सबैभन्दा बढी आपराधिक घटनानै काठमाडाै‌मा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२७ दिन अगाडि
सबैभन्दा बढी  आपराधिक घटनानै  काठमाडाै‌मा

काठमाडाै‌ - नेपालमा आपराधिक घटना भएको पाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो दुई वर्षको तथ्याङ्कमा अघिल्लो वर्षभन्दा १० हजार बढी अपराधका घटना प्रहरीमा दर्ता भएका छन् । गएको आर्थिक वर्ष २०७९–८० मा कुल ५६ हजार ३१९ आपराधिक घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार, ती घटनामध्ये ३३,६३ वटा फस्र्यौट भएको छ, बाँकी २३,६३ वटा मुद्दा फस्र्यौट हुन बाँकी छ । गत वर्ष २०७८/७९ मा ४६ हजार ९२२ घटना दर्ता भएका थिए ।

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले पिछिल्लाे वर्षभन्दा यो वर्ष बढी उजुरी आएकाे बताए। उनले सबैभन्दा बढी १६ हजार घटना काठमाडौँ उपत्यकामा भएका छन् । त्यसपछि नौ हजारभन्दा बढी घटना मधेसमा र आठ हजारभन्दा बढी घटना कोशी प्रदेशमा दर्ता गरेको बताएको छ । सिआइबीमा ४३, काठमाडौँ उपत्यकामा १६ हजार छ सय २७, कोशी प्रदेशमा आठ हजार सात सय २०, मधेस प्रदेशमा नौ हजार आठ सय ४४, बागमती प्रदेशमा चार हजार छ सय ७९, गण्डकी प्रदेशमा चार हजार एक सय ७७, लुम्बिनी प्रदेशमा छ हजार नौ सय ९७, कर्णाली प्रदेशमा एक हजार सात सय २९ र सुदूरपश्चिम प्रदेशमा तीन हजार पाँच सयतीन उजुरी दर्ता भएको छ ।