प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै बाबुछोरा पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३७ दिन अगाडि
प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै  बाबुछोरा पक्राउ

काठमाडाै - प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।

नागार्जुन नगरपालिका-८, काठमाडौं निवासी ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र उनका २३ वर्षीय छोरा विशाल खनाल गिरफ्तार भएका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार राजेन्द्रप्रसाद र उनका छोराले प्रधानमन्त्रीको सुशासन सल्लाहकार रहेको र अन्य प्रमुख नेताहरुसँग चिनजान रहेको बताउँदै ४५ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको पाइएको छ ।