चितवनमा डेंगुबाट दुई हजार संक्रमित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४१ दिन अगाडि
चितवनमा डेंगुबाट  दुई हजार  संक्रमित

काठमाडौं -चितवनमा डेंगुबाट दुई हजार तीन सय ६ जना संक्रमित भएका छन् । आर्थिक वर्ष ०७९/८० मा जिल्लामा डेंगुबाट चारजनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आर्थिक वर्षमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार सात सय २८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेंगुको संक्रमण देखिएको थियो । चितवन बाहिरका छ सय ९५ जना र ठेगाना नखुलेका तीन सय २३ जना डेंगुबाट संक्रमित भएका थिए। जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा डेंगुको संक्रमण देखिएको केसीले बताए । भरतपुरमा एक हजार ६ सय ४६ जना र खैरहनी नगरपालिकामा एक सय ८४ जना संक्रमित भएका थिए । यस्तै, राप्ती नगरपालिकामा सयजना, कालिका नगरपालिकामा ५५, माडी नगरपालिकामा ४० र इच्छाकामना गाउँपालिकामा १६ जनामा डेंगुको संक्रमण देखिएको केसीले जानकारी  दए ।