ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४९ दिन अगाडि
ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

 काठमाडाै‍ -ललितानिवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। 

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मंगलबार दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए। पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र छन्।  योसँगै पक्राउ पर्नेको संख्या १४ पुगेको छ।