अभद्र व्यवहार गर्ने १२ नगर प्रहरीलाई कारबाही

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५० दिन अगाडि
अभद्र व्यवहार गर्ने १२ नगर प्रहरीलाई कारबाही

 काठमाडाै‌ - काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार यस क्रममा सातजना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको छ । स्थायी सेवामा रहेका पाँचजनालाई निलम्बन गरिएको छ । ‘अमानवीय व्यवहार देखिएपछि हामीले यसअघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेका छौँ । यसका साथै जनस्तरका आएका गुनासाको अध्ययन गरेर गल्ती गर्ने नगर प्रहरीलाई कारबाही गर्ने गरेका छौँ,’ पाण्डेको भनाइ छ ।  यसप्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरणसम्बन्धी तालिम दिन थालिएको पाण्डेको भनाइ छ ।