लजालु गायक सन्तु थापाको संगीत यात्रा, लोकभाका बोकेर युरोपदेखि यूकेसम्म

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२१६ दिन अगाडि
लजालु गायक सन्तु थापाको संगीत यात्रा, लोकभाका बोकेर युरोपदेखि यूकेसम्म

काठमाडाैं- मौलिक र सांस्कृतिक पाटोलाई संगीतसँग जोड्दै अघि बढिरहेका गायक हुन् सन्तु थापा । 

लोक संस्कृति तथा मौलिक परम्परा झल्किने गीतमा रमाउने गायक थापाले करियरमा डेढ दर्जनबढी गीतमा स्वगर भरिसकेका छन् । गुल्मीका गायक थापा गायनमा मात्र नभएर संगीतकार, कोरियो ग्राफर तथा डान्सरका रुपमा पनि काम गर्दै आएका छन् ।

सस्तो लोकप्रियता र भद्दा शब्दको पछाडी नलागि आफ्नै लयमा अघि बढेका थापाले स्वदेश तथा विदेशमा थुप्रै प्रस्तूती दिइसकेका छन् । गुल्मीमा हुर्किएर नेपाली माटोको सुगन्ध बोकेर उनी काठमाडौं आए । संगीतमा रमाउँदै थुप्रै सृजना दर्शक स्रोतामाझ पस्किए उनले । 

आज उनी स्वदेशमा मात्र नभएर विदेशमा पनि गुञ्जि रहेका छन् । उनले भारत तथा खाडी मुलूकसहित युरोपका आधा दर्जन देशमा पुगेर नेपाली संगीतप्रेमी दर्शक स्रोताको मज जितिसकेको छन् भने युकेमा पनि उनको माग उतिकै बढेको छ । पछिल्लाे समय गायक थापाले नयाँ सांगीतिक काेशेली 'म्याग्देली माया' बोलकाे नयाँ गीत पनि बजारमा ल्याएका छन् । जुन गीत दर्शक स्राेताकाे राजईमा पनि छ । 

उनै गायक थापासँगको सांगीतिक भलाकुसारी भिडियोमा :

भिडियाे  लिङ्क