बाराका एक सय ३७ वटै केन्द्रमा शान्तिपूर्णरुपमा मतदान

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२२८ दिन अगाडि
बाराका एक सय ३७ वटै केन्द्रमा शान्तिपूर्णरुपमा मतदान

काठमाडाै‌ -बारा निर्वाचन क्षेत्र नम्बर २ मा मतदान सुरु भएको छ ।

यहाँका एक सय ३७ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा मतदान सुरु भएको  जिल्ला निर्वाचन कार्यालय प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए । ११ दलका उम्मेदवार र २३ स्वतन्त्र गरी ३४ उम्मेदवार रहेको बारा २ मा एक लाख पाँच हजार ११ मतदाता छन् । 

यहाँ गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्रप्रसाद कुसवाह, रास्वपाबाट पूर्वडिआइजी रमेश खरेल र एमालेबाट पुरुषोत्तम पौडेल मुख्य प्रतिस्पर्धी हुन् । बारा २ मा जसपाका तत्कालीन सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो ।