तेस्रो हिमालयन अन्तर्रास्ट्रिय अवार्ड महिला अभिनेत्री जुरेलीलाई

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२३३ दिन अगाडि
तेस्रो हिमालयन अन्तर्रास्ट्रिय अवार्ड महिला अभिनेत्री जुरेलीलाई

काठमाडौं - काठमाडौंमा शनिबार सम्पन्न ‘तेस्रो हिमालयन अन्तर्रास्ट्रिय अवार्ड २०२३’ मा मोडल अस्मिता सुनार जुरेलीले ‘सिहदरबार( रेलको बाटो २)’ गीतमा ‘महिला अभिनेत्री’ तर्फको अवार्ड जितेकी छन् ।

उनलाई नेपाली पहिलो रंगीन फिल्म ‘कुमारी’ की अभिनेत्री चैत्यदेवी सिंहले अवार्ड प्रदान गरेकी थिइन् । सुरज पण्डितको शब्द, संगीत र स्वर रहेको यो गीतमा अस्मिता र सुरजले नै अभिनय गरेका छन् । लक्ष्मण सुनार निर्देशित भिडियोमा कुलदीप अधिकारी अतिथी भूमिकामा छन् । भिडियोमा निशल पौडेलको छायांकन, मिलन विश्वकर्माको कलर, पदम सुवेदीको सम्पादन छ । अस्मिता लोकप्रिय गायिका र रेस्लर पनि हुन् ।