घाँस काट्न गएकी महिलालाई बाघले लगेपछि प्रहरीले चलाए ७ राउन्ड फायर

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२३१ दिन अगाडि
घाँस काट्न गएकी महिलालाई बाघले लगेपछि प्रहरीले चलाए ७ राउन्ड फायर

कञ्चनपुर - कञ्चनपुरमा एक महिलालाई घाँस काट्न गएका बेला बाघले लगेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पछुइको खप्टीनालमा घाँस काट्न गएकी ४२ वर्षीया गंगा चन्दलाई बाघले लगेको जनाएको छ । 

शुक्रवार उनलाई बाघले लगेको स्थानीयसहित नजिकैको प्रहरीले देखेपछि बाघबाट छुटाउन प्रयास भएपनि नसकिएको प्रहरीको भनाइ छ । सो क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ७ राउन्ड फायर गरेको थियो  ।

बाघले महिलालाई जंगलमा लिएर गएको र अहिलेसम्म फेला नगरेको प्रहरीले जनाएको छ ।