सिस्नु टिप्न गएका दुई जना नाबालिका मृत फेला

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४६ दिन अगाडि
सिस्नु टिप्न गएका दुई जना नाबालिका मृत फेला

काठमाडौँ - रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा सिस्नु टिप्न गएका दुई जना नाबालिका मृत भेटिएका छन् ।

प्रहरी प्रवक्ता (डिआइजी) पोषराज पोखरेलले बुधवार सिस्नु टिप्न गएका पुथा उत्तरगंगा–३ घर भएका १० वर्षीय रिमा बुढा र ८ वर्षीय काली बुढा मृत भेटिएका र दुई जना नाबालिकाको शव भेटिएको बताए । बुधवार सिस्नु टिप्न सेराबाङ गएका उनीहरू रातिसम्म घर नआएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय लुपर खोलाको भिरमा शव भेटिएपछि अनुसन्धान गर्न नेपालगन्जबाट कुकुर सहितको टिम परिचालन गरिएको छ । ‘पूर्वी रुकुमकी डिएसपी अञ्जना श्रेष्ठ घटनास्थलमा पुगेकी छिन् । अभिभावकले बिहीबार बिहान घटनाबारे  प्रहरीलाई जानकारी गराएका हुन् । सदरमुकामबाट घटनास्थलमा पुग्न करिब ९ घण्टा लाग्छ ।