काठमाडौँ - सशस्त्र प्रहरीको गोताखोरले मकवानपुरको इन्द्रसरोवर तालमा र्याफ्टिङ्ग गर्ने क्रममा बेपत्ता भएकाको शव निकालेको छ ।
सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले काठमाडौँको दक्षिणकाली नगरपालिका ३ बस्ने ३५ वर्षिय राजकुमार सुवेदीको शव ४५ फिटको गहिराईबाट निकालिएको जानकारी दिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण काठमाडौँबाट गएको गोताखोरले बुधबार सुवेदीको शव निकालेको हो । इन्द्रसरोवर गाउँपालिका १ कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर तालमा र्याफ्टिङ्ग गर्ने क्रममा उनी मंगलबार हामफाल्दा बेपत्ता भएका थिए ।