टाटासुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२५२ दिन अगाडि
टाटासुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौं - टाटासुमो दुर्घटनामा परि दुईजानको मृत्यु भएको छ ।

नुवाकोटको दुप्तेश्वर गाउँपालिका- ४ टाटासुमो दुर्घटना हुँदा दुईजानको मृत्यु भएको छ । ना २ झ ३९८४ नम्बरको टाटा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार मृत्‍यु हुनेमा दुप्तेश्वर गाउँपालिका- ४ बस्‍ने २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीय मनमाया तामाङ रहेका छन् । यस्तै सुमो दुर्घटनामा परी ८ जना घाइते भएको र उनीहरुको खरानीटार अस्पतालमा उपचार भइरहेको डीएसपी खड्काले बताए ।