काठमाडाै -फिल्म ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेको बेथानचोक गाउँपालिकामा भैरहेको छ ।
चैत्रको १० गतेबाट सुरु भएको छायांकन ३५ दिनसम्म चल्ने निर्देशक दिपेन्द्र लामाको भनाई छ । कलाकारहरु दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्म, शिशिर वाङ्देल छायाँकनमा व्यस्त छन् । निर्माण पक्षले उपलब्ध गराएको तस्वीरमा नायक कर्म नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्टिक देखिएका छन् । दयाहाङ राई र शिशिर गफ गर्दै गरेको देख्न सकिन्छ । फिल्ममा वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ । मनिष्मा फिल्मस्को ब्यानरमा निर्माण भैरहेको यो फिल्मलाई हिमाल शर्माले लगानी गरेका हुन् । फिल्ममा आलोक शुक्लाको छायांकन छ ।