साढे ४ वर्षमा गाउँपालिका अध्यक्षको झण्डै ९२ लाख स्रोत नखुलेको सम्पत्ति

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२६२ दिन अगाडि
साढे ४ वर्षमा गाउँपालिका अध्यक्षको झण्डै ९२ लाख स्रोत नखुलेको सम्पत्ति

 काठमाडौं -मर्चवारी गाउँपालिका, रुपन्देहीका पूर्व अध्यक्ष केशवनन्द बनियाँविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

उनको ९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । २०७४ असार २१ देखि २०७८ फागुन ३० सम्मको अवधिको उनको सम्पत्ति विवरण अनुसन्धान गर्दा झण्डै ९२ लाख रुपैयाँको स्रोत नखुलेको अख्तियारको दाबी छ ।