बाजुरामा स्ववियु निर्वाचनबारे विवाद हुँदा झडप

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२६६ दिन अगाडि
बाजुरामा स्ववियु निर्वाचनबारे विवाद हुँदा झडप

काठमाडौँ - बाजुरामा स्ववियु निर्वाचनबारे विवाद हुँदा झडप भएको छ ।

सत्ता गठबन्धन निकट विद्यार्थी र एमाले निकट अनेरास्ववियुको बीचमा झडप हुँदा प्रहरीले गोली चलाएको छ ।

बुढीनन्दा क्याम्पस, कोल्टीमा भएको झडप नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी कविन्द्रसिंह बोहराले रातोपाटीलाई बताए । प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ ।

झडपमा परेर दुईजना प्रहरी घाइते भएका छन् ।