पेट्रोलियम पदार्थको भारतबाट आयो मूल्य घटेर

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७८ दिन अगाडि
पेट्रोलियम पदार्थको भारतबाट आयो मूल्य  घटेर

काठमाडौँ - भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटेर आएको जनाएको छ ।

जसअनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटाएर पठाएको छ । 

निगमका एक अधिकारीले मूल्य घटेको आएपनि स्वचालित मूल्यअनुसार अब के गर्ने भन्नेबारे बोर्ड बैठक बसेर निर्णय हुने बताए । हाल बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा  रहेको छ ।