२१ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२७१ दिन अगाडि
२१ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौँ - बैङ्किङ कसुर मुद्दामा २१ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–४ मिजारटोल घर भएर भक्तपुर बस्ने ३२ वर्षीय विनोद लामा छन् ।

प्रतिवादी लामालाई सूर्यबिनायकबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । उच्च अदालत पाटन २०७८ पुस २२ मा उनलाई ७ दिन कैद र २१ लाख जरिवाना हुने ठहर गरेको थियो । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको छ ।