कविता - 'एकमुठी सास'

  • बुद्धिमान परियार
    -बुद्धिमान परियार
  • ११३६ दिन अगाडि
कविता -  'एकमुठी सास'

जन्मेर मान्छे संसार देख्न यो जुनी लिएका

रमाउ भनि सृष्टिले पनि प्रकृति दिएका ।

हाँसेर खेलौं बाँचेर नाचौं सुन्दर जीवन

छिनैमा जान्छ एक्मुठी सास हुँदैन ठेगान ।।

ईष्या र राग कहिल्यै पनि नगर्नु भुलेर

अरुको जीवन सफल देख्दा हुदैन जलेर ।

लानुनै केछ मरेर जादा शरिर मात्रै हो

कमाए शत्रु बनाए मित्रु जीवन यात्रा हो ।।

 

छिनैमा ढल्छ शरीर जब के भर हुन्छ र 

निष्ठुरी दैव आयो नै भने के विन्ति सुन्छ र !

आउछ आफै टपक्क टिप्न लिएर जानेछ

बोल्दैछ मान्छे फेर्दैछ सास छिनैमा अल्पिन्छ ।।