५३ अंकले घट्यो नेप्से

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९१ दिन अगाडि
५३ अंकले घट्यो नेप्से

काठमाडौँ - यो साता पनि सेयर बजारका लागि अनुकूल वातावरण बन्न सकेन ।

अघिल्लो साता ४७ अंकमाथिले नेप्से घटेर २०२२.६४ अंकको विन्दुमा नेप्से झर्दैगर्दा यो साता थप ५३.६१ अंकले घट्दै १९६९.०३ विन्दुमा झर्न पुगेको छ । 

अघिल्लो साताको अन्तिम कारोबार दिन फेब्रुअरी २३ मा ५७.७४ अंकले नेप्से घट्दै २०२२.६४ अंकमा झरेको थियो । यसको तीन दिन पनि फेब्रुअरी २७ मा खुलेको बजारमा ४.५५ अंकले नेप्से बढ्दै २०२७.१९ अंकको विन्दुमा उक्लिएको थियो । 

तर, दोस्रो दिन (फेब्रुअरी २८) मा नै पुनः ३.६५ अंकले घट्न पुगेको नेप्से सूचक तेस्रो, चौथो र पाँचौ दिनै ऋणात्मक हुँदै १९६९.०३ अंकमा झरेको छ । यस साताको अन्तिम कारोबार दिन बिहीबार (मार्च २) मा २६.४७ अंकले घट्दै नेप्से सूचक १९६९.०३ अंकमा झरेको हो । 

कारोबार पनि ७ अर्बमा खुम्चियो

उसो त ५३ अंकमाथिले नेप्से सुचक घट्दै गर्दा यस साताको कारोबार समेत गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कुल ७ अर्ब ११ करोड ७ लाख ३७ हजार ४१० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

अघिल्लो साता ४७ अंकले नेप्से घट्दा ६ अर्ब २८ करोड ८५ लाख ६६ हजार ३९० रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यद्यपि, अघिल्लो साता तीन दिन मात्र सेयर कारोबार भएको थियो । यस साता भने पाँचै दिन सेयर कारोबार भएको छ ।