आज सुनको मूल्य कति ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९१ दिन अगाडि
आज सुनको मूल्य कति ?

काठमाडौं - साताको अन्तिम दिन शुक्रबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलाा एक सय र चाँदीको मूल्य ५ रुपैयाँले घटेको हो । शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख २ हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार र चाँदीको मूल्य १ हजार २६५ रुपैयाँ तोकिएको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख २ हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार १ सय र चाँदीको मूल्य १ हजार २७० रुपैयाँ तोकिएको छ ।