फिल्म ‘ज्याकी-आई एम ट्वान्टी वान’को टिजर सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८३ दिन अगाडि
फिल्म ‘ज्याकी-आई एम ट्वान्टी वान’को टिजर सार्वजनिक

 काठमाडाै‌ - फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को टिजर सार्वजनिक भएको छ ।

आउँदो बर्षको बैशाख २१ गतेबाट रिलिज हुन लागेको यो फिल्मको टिजरमा नायक धिरज मगरलाई मात्र देखाइएको छ ।  टिजरमा धिरजको सपनाको कथा भन्न खोजिएको छ । बाबु र आफ्नो सपना फरक हुँदा एक यूवकले गरेको संघर्षलाई टिजरमा प्रस्तुत गरिएको छ । 
फिल्ममा धिरज मगरको साथमा जसिता गुरुङ प्रेम सुब्बा, लुनिभा तुलाधर, अरुण क्षेत्री,पल्पसा डंगोल, राजु भुजु, सुजता राई लगायतका कलाकारको अभिनय छ । यो फिल्ममा सुशान्त प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रेनशा राई राना र सोमनाथ खनालको संवाद छ ।  कालिप्रसाद बाँस्कोटा र रोहित शाक्यको संगीत रहेको फिल्मको निर्देशन रेनशा राई रानाले गरेकी हुन् ।  फिल्म ‘आई एम ट्वान्टी वान’ले एक यूवाको डान्सको सपनालाई प्रस्तुत गरेको छ । टिजर हेर्दा पनि फिल्मको मेकिङ उच्च देखिएको छ । धिरजले फिल्मका लागि निकै मिहिनेत गरेको प्रष्ट हुन्छ ।