बूढानीलकण्ठ स्कुलले छात्रवृत्तिका लागि देशभरबाट आवेदन आह्वान

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८५ दिन अगाडि
बूढानीलकण्ठ स्कुलले छात्रवृत्तिका लागि देशभरबाट आवेदन आह्वान

काठमाडौं - बूढानीलकण्ठ स्कुलले छात्रवृत्तिका लागि देशभरबाट आवेदन आह्वान गरेको छ ।

बूढानीलकण्ठ स्कुलले आज सूचना जारी गर्दै छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको हो । कक्षा ५ देखि आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि विपन्न समुदायका जेहेनदार बालवालिकाहरूलाई छात्रवृत्तिमा छनोट गरिने  स्कुलले जनाएको छ ।

सूचनामा भनिएको छ, “छनोटका आधार वि।सं। २०६९/०१/०१ गतेदेखि ०७०/१२/३० गतेसम्म जन्म भई कम्तीमा कक्षा ३ र कक्षा ४ मा सामुदायिक विद्यालयमा नियमित रूपमा अध्ययन गरी शैक्षिक सत्र २०७९ मा कक्षा ४ अध्ययन पूरा गरेको हुनुपर्नेछ । छात्रछात्रामध्ये विभिन्न भौगोलिक क्षेत्र तथा लक्षित समुदाय समेतको प्रतिनिधित्व हुनेगरी लिखित प्रतियोगितात्मक परीक्षाको नतिजाको योग्यता क्रमका आधारमा अन्तर्वार्ताबाट विद्यार्थी छनोट गरिनेछ ।”

आवेदन फाराम ०७९ चैत २७ गते सोमबारसम्म बुझाउन सकिनेछ भने लिखित परीक्षा ०७९ चैत २० गते हुने सूचनामा उल्लेख छ ।