काठमाडौं - केपी ओेली फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल वर्षाका कारण प्रभावित भएको छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको सातदोबाटो युथ ब्लब र त्रिभुवन आर्मी क्लबबीचको पहिलो सेमिफाइनल खेल ५३ मिनेट भएपछि स्थगित भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ मिनेटसम्म पनि गोल हुन सकेको थिएन ।वर्षाका कारण खराब प्रकाश भएपछि बाँकी खेल भोलिलाई सारिएको हो । ५३ मिनेट पछिको बाँकी खेल सोमबार ११ः०० बजे हुनेछ ।
केपी कपको दोस्रो सेमिफाइनलमा केपी एफसी र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।