हैदराबादको कप्तानी माकरमले गर्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८९ दिन अगाडि
हैदराबादको कप्तानी माकरमले गर्ने

काठमाडौं - दक्षिण अफ्रिकाका ब्याटर एडम माकरमले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा सनराइजर्स हैदराबादको कप्तानी गर्ने भएका छन् । 

१६ औं संस्करणको आईपीएलमा हैदराबादको कप्तानी माकरमले गर्ने हैदराबादले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ । दक्षिण अफ्रिकामा भएको पहिलो संस्करणको एसए टी-ट्वान्टी क्रिकेट लिगमा माकरम नै कप्तान भएको सनराइजर्स इस्टर्न केपले उपाधी जितेको थियो । 

यता हैदराबादले अक्सन अघि पूर्व कप्तान केन विलियम्सनलाई टोलीबाट फुकुवा गरेको थियो । हैदराबादले २०१६ डेविड वार्नरको कप्तानीमा बेंगलोरलाई ८ रनले हराउँदै उपाधि जितेको थियो । १६ औ संस्करणको  आईपीएल  ३१ मार्चदेखि सुरु हुनेछ । हैदराबादले राजस्थान रोयल्ससँग २ अप्रिलमा आफ्ना पहिलो खेल खेल्दैछ । खेल हैदराबादमा हुनेछ ।