काठमाडाैं – यु१९ विश्वकपको शिया छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै छन् ।
यु –१९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै छन् । हिजो साँझ युएई पुगेको नेपाली यु–१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग खेल्न लागेको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइसीसी यु–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई हिजो बिदाइ गरेको थियो । दोस्रो खेल २५ फेब्रुअरी (फागुन १३ मा) कुवेतसँग हुनेछ । कुवेतसँग खेल खेलेको एक दिनपछि लगतै नेपाली यु–१९ टोलीले २७ फेब्रुअरी अर्थात फागुन १५ गते । हङकङसँग खेल्नेछ ।
फागुन १६ गते मलेसियासँग खेल्ने नेपाली टोलीले दुई दिनपछि अन्तिम खेल २ मार्च अर्थात १८ फागुनमा युएईसँग खेल्ने क्यानले जनाएको छ । युएई र नेपाल प्रमुख दाबेदार टोलीमध्येका हुन् । खेलमा विजेता टोलीले सन् २०२४ मा श्रीलङ्कामा हुने यु–१९ विश्वकप खेल्ने मौका पाउने छन् । यु–१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले देव खनाललाई कप्तान चयन गरेका छन् ।
टोलीमा देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे, हेमन्त धामी, दुर्गेश गुप्ता, दीपक बोहरा (बी), आकाश चन्द, सुवास भण्डारी, विशालविक्रम केसी र मिलन बोहरा रहेका छन्।