भुटानको सेयर बजार पछिल्लो ७ महिनादेखि साइडवेजमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२०० दिन अगाडि
भुटानको सेयर बजार पछिल्लो ७ महिनादेखि साइडवेजमा

काठमाडौं - भुटानको सेयर बजार पछिल्लो ७ महिनादेखि साइडवेजमा रहेको छ ।

त्यहाँको रोयल सेक्युरिटीज एक्सचेन्ज अफ भुटान गत जुलाईदेखि हालसम्म साइडवेजमा रहेको छ । जुलाईमा १,०५० को विन्दुमा रहेको सूचक फेब्रुअरीसम्म आइपुग्दा १०८६ को विन्दुमा पुगेको छ । यो ३% को वृद्धि हो । यसबीचमा पनि इन्डेक्समा त्यति धेरै उतारचढाव देखिएको छैन । यस अवधिसम्ममा सूचकले १,०९१ को हाइ बनाएको थियो भने १,०२८ को न्यूनतम विन्दुसम्म पुगेको थियो । तल्लो विन्दुदेखि माथिल्लो विन्दुसम्म जम्मा ६% को उतार चढाव देखिएको हो । 

त्यसयता, इन्डेक्स यसै विन्दुको बीचमा रहेर कारोबार भइरहेको छ । यस एक्सचेन्जमा जम्मा १९ वटा कम्पनीहरु सूचीकृत छन् । जसको बजार पुँजीकरण ६७ करोड ८ लाख डलर रहेको छ । एक्सचेन्जमा बैंकिङ, इन्सुरेन्स, उत्पादन, ट्रेडिङ, प्रर्यटनलगाएत समूह अन्तर्गतका कम्पनीहरु सूचीकृत छन् । एक्सचेन्जका अनुसार ९ वटा ब्रोकर कम्पनीहरु दर्ता रहेका छन् । त्यहाँ लगानीकर्ता साथै कम्पनीहरु पनि कम रहेकाले सूचक धेरै भोलाटाएल हुँदैन ।