प्रणय दिवसको अवसरमा "कारण तिमी ” वोलको गित बजारमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२९७ दिन अगाडि
प्रणय दिवसको अवसरमा "कारण तिमी ” वोलको गित बजारमा

 'भेलेन्टाइन डे' अर्थात प्रणय दिवस , यहि दिवसको अवसर पारेर "कारण तिमी” वोलको गित बजारमा सार्वजनिक गरिएको छ।  अम्बिका गुरुङको शब्दमा  रहेको गीतमा शंकर थापाको संगीत छ । नेपाल आइडल बाट चर्चा कमाउन सफल लोकप्रिय गायिका ममता गुरुङको स्वरमा रहेको यो गीतलाई निशान घिमिरेले निर्देशन गरेका छन्।

दोलखा जिल्लाको पर्यटकिय ठाउँ कालिञ्चोकमा छायाँङ्गकन भएको गीतमा कला क्षेत्रका अहिलेका चर्चित मोडल सन्तोष बानियाँ र गायिका गुरुङ्ग स्वयमको  अभिनय देख्न सकिन्छ। 

भेलेन्टाइन डे को पूर्व सन्ध्या पारेर प्रेमी प्रेमिकाहरुलाई लक्षित गर्दै यो रोमान्टिक गीतको भिडियो सार्वजनिक गरिएको हो ।