‘शिवमसँग उपहार टन्न’ अफरको लक्की–ड्र सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२०८ दिन अगाडि
‘शिवमसँग उपहार टन्न’ अफरको लक्की–ड्र सार्वजनिक

काठमाडौं - शिवम् सिमेन्टको ‘शिवमसँग उपहार टन्न’ अफरको दोस्रो चरणको लक्की–ड्र सार्वजनिक गरिएको छ । शिवमले दोस्रो महिनाको भाग्यशाली विजेताहरुको नाम लक्की–ड्र मार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । दोस्रो महिनामा उपभोक्तातर्फ ३० जना र विक्रेतातर्फ ४० जनाले उपहार पाएका छन् । 

हालसम्म लक्की–ड्रबाट उपभोक्तातर्फ ६० जना र विक्रेतातर्फ ८० जना भाग्यशाली विजेता बनिसकेका छन् । सेवर सर्ट पुरस्कारमार्फत एक लाख ५० हजार भन्दा बढिले सुन, चाँदी तथा नगद उपहार प्राप्त गरेका छन् । शिवम् सिमेन्टले मंसिर १८ गते देखि ‘शिवमसँग उपहार टन्न’ अफर सार्वजनिक गरेको थियो ।

जस अन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गरी २०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २।५० ग्रामदेखि पाँचग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो ।
 
यस अघि पुस २६ गते लक्की–ड्र मार्फत पहिलो महिनाको भाग्यशाली विजेताहरुको छनौट गरिसकेको थियो ।