आज सुनको मूल्य कति ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२१० दिन अगाडि
आज सुनको मूल्य कति ?

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलामा १ लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन शुक्रबार उक्त सुन तालोमा एक लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

तेजाबी सुन तोलामा एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भएको भइरहेको छ । 

यस्तै, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी तोलाको एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।