काठमाडौं - शुक्रबार बंगलादेशमा भएको साफ यू-२० महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएका छन् ।
नेपाली टोली शुक्रबार दिउँसो स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-० गोल अन्तरले पराजित भएको थियो ।
फाइनलमा पराजित भएसँगै नेपाल उपविजेता बनेको थियो । बंगलादेश भने अपराजित रहदै च्याम्पियन बनेको थियो । राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोली नेपाल र बंगलादेशले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् । चार राष्ट्र सहभागी प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहदै फाइनल खेलेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल खेलेको हो ।