इंग्ल्यान्डको यू-२३ टोलीमा नेपाली मुलकी अस्मिता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३०३ दिन अगाडि
इंग्ल्यान्डको यू-२३ टोलीमा नेपाली मुलकी अस्मिता

काठमाडौं - नेपाली मुलकी अस्मिता आले मगर इंग्ल्यान्डको यू-२३ महिला फुटबल टिममा परेकी छिन् ।

बेल्जियमविरुद्ध हुने खेलका लागि डिफेन्डर अस्मिता इंग्ल्यान्डको यू-२३ टोलीमा अटाएकी हुन् । इंग्ल्यान्डले फेब्रुअरी २० मा बेल्जियमविरुद्ध घरेलु मैदानमा खेल्दैछ ।

अस्मिताले यस अघि इंग्ल्यान्डको यू-१९ टोलीबाट खेलिसकेकी छिन् । २० वर्षिया अस्मिता प्रिमियर लिग क्लब टोटेनहमबाट व्यावसायिक फुटबल खेल्ने गर्छिन ।

डिफेन्डर अस्मितालाई टोटेनहमले एस्टन भिल्लाबाट अनुबन्ध गरेको थियो । इंग्ल्याण्डमा बसोबास गर्दै आइरहेकी अस्मिताका बुवा अमृत आले मगर पूर्व गोरखा सैनिक हुन् ।

तनहु दमौलीका अमृत स्क्वासको राष्ट्रिय खेलाडी हुन् । आठौं दक्षिण एसियाली खेलकुद (साग) टिमको बन्द प्रशिक्षण अमृत पनि रहेका थिए ।