आज सुनको मूल्य कति ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२१३ दिन अगाडि
आज सुनको मूल्य कति ?

काठमाडौं -  सुनको भाउ बिहीबार तोलामा १ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ सय रुपैयाँले बढेर १ लाख ४ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । 

यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४ हजार ३ सय रुपैयाँ निर्धारण भएको थियो । यता, बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँ पुगेको छ । बुधबार चाँदीको भाउ १३ सय १५ रुपैयाँ कायम रहेको थियो ।