फेरि लोडसेडिङको उच्च चाप

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२१३ दिन अगाडि
फेरि लोडसेडिङको उच्च चाप

काठमाडौं - औद्योगिक क्षेत्रमा माघ पहिलो साता बिहान र बेलुका उच्च मागको समयमा करिब नौ घण्टा लोडसेडिङ भयो। 

नेपाल विद्युत् प्राधिकरणले अघोषित रूपमा औद्योगिक क्षेत्रमा लोडसेडिङ गरेको थियो । भारतको बिहारबाट विद्युत् आयात घट्दा बिहान र बेलुका पिकआवरमा उद्योग नचलाउन भनेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्वीकार गर्छन् । 

करिब २३ सय मेगावाटको जडित क्षमतामा अहिले आन्तरिक उत्पादन करिब ७ सय ५० मेगावाटमा झर्दा र आयातमा कमीका कारण औद्योगिक क्षेत्रमा लोडसेडिङ भएको हो। विद्युत्को माग करिब १२ सय मेगावाट छ। विद्युत्को उच्च माग करिब १६ सय मेगावाट छ। अहिलेको निजी क्षेत्रको करिब ३ सय ५० मेगावाट, प्राधिकरण र सहायक कम्पनी गरी करिब ४ सय मेगावाट उत्पादन भइरहेको छ। करिब १० वर्षयताको सबैभन्दा बढी सुक्खा यो वर्ष भएको प्राधिकरणका अधिकारी बताउँछन्। आन्तरिक उत्पादन करिब ३० प्रतिशतसम्म झरेकोे छ।

प्राधिकरणले चालू आर्थिक वर्षबाट खुद निर्यात ९नेट एक्स्पोटर० हुने लक्ष्य राखेको थियो। लोडसेडिङ गराएर भए पनि प्राधिकरणले आयात कटौती गरिरहेको आरोप लगाइन्छ। ‘नेट एक्स्पोटर देखाउनका लागि पनि आयातमा कम गरिएको हो कि भन्ने पनि देखिन्छ। गत वर्षमा करिब ११ अर्बको बिजुली बचेको छ। 

यही तालले जाने हो भने १८–२० अर्बको आयात गर्नुपर्ने देखिन्छ। यसले सफलताको इन्डिकेटर कम हुने भयो’, काफ्लेले भने। अझै ३–४ वर्ष लोडसेडिङ हुने उनी बताउँछन्। तर, यसमा घिसिङ सहमत छैनन्। ‘मलाई आयात किन कम गर्नुपर्यो रु हामीले सकेको गरिरहेका छौं। प्राधिकरणको नाफा त व्यापारीले कम गरिसके। भदौ, असोज, कात्तिक, मंसिरसम्म उनीहरूले उद्योग चलाएनन्’, घिसिङले भने, ‘चार महिनामा ४ सय मेगावाट खेर गयो।’