नेप्सेको दोस्रो दिननै ७ अंकको गिरावट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२१४ दिन अगाडि
नेप्सेको दोस्रो दिननै ७ अंकको गिरावट

काठमाडौं - राष्ट्र बैंकको छ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक भएको भोलिपल्ट नै ७६ अंकमाथिले बढेको नेप्सेको उत्साह एकदिन पनि टिक्न सकेन । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज दोस्रो दिन नै नेप्से सूचक ७.१३ अंकले घट्दै २१ सय ७०.२१ अंकमा झरेको हो । 

यद्यपि, कारोबार भने अघिल्लो दिनको तुलनामा आज केही बढेको छ । यसदिन ३ अर्ब ६९ करोड १९ लाख रुपैयाँ बराबरको १ करोड ५ लाख २ हजार कित्ता सेयर किनबेच भएको छ ।अघिल्लो दिन ७६ अंकमाथिले नेप्से बढ्दा ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

आज नेपाल रिइन्स्योरेन्स कम्पनीको अधिकतम ११ करोड २८ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अपि पावर कम्पनीको १० करोड २१ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । १३ वटा उपसूचक मध्ये आज १३ वटै उपसूचक ऋणात्मक भएका छन् ।