नबिल बैंकको सेयरधनीहरुलाई नगद लाभांश खाता पठाउन सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२१४ दिन अगाडि
नबिल बैंकको सेयरधनीहरुलाई नगद लाभांश खाता पठाउन सुरु

काठमाडौं - नबिल बैंकले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको छ ।

बैंकले पुस १७ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई ११.५०% नगद लाभांश (करसहित) जम्मा गर्न सुरु गरेको जनाएको छ । यता, लाभांश खातामा नआएका सेयरधनीहरुलाई डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्न बैंकले भनेको छ ।

साथै, सेयर अभौतिकीकरण (डिम्याट) नगरेका सेयरधनीहरुले पनि सेयर डिम्याट गर्न बैंकले अनुरोध गरेको छ । त्यसपछि बैंकले वितरण गरेको लाभांश पाइनेछ । यस बैंकको पुस २९ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीलाई जम्मा १८.५०% बोनस सेयर र ११.५०% नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।