टर्कीका गोलकिपर अहमेट इयुप तुर्कास्लानको भूकम्पमा परी मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३०५ दिन अगाडि
टर्कीका गोलकिपर अहमेट इयुप तुर्कास्लानको  भूकम्पमा परी मृत्यु

काठमाडाै‌- टर्कीका गोलकिपर अहमेट इयुप तुर्कास्लानको विनासकारी भूकम्पमा परी मृत्यु भएको छ।

सोमबार बिहान आएको शक्तिशाली भूकम्पमा परी तुर्कासलानको ज्यान गएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ।‘हाम्रा गोलकिपर अहमेट इयुप तुर्कासलानले भूकम्पमा परी ज्यान गुमाएका छन् । उनको चिरशान्तिको कामना’, क्लबले भनेको छ, ‘हामी तपाईंलाई कहिल्यै बिर्सने छैनौं ।’ २८ वर्षीय तुर्कास्लान २०२१ मा क्लबमा आवद्ध भएका थिए।

बगसास्पोर, ओस्मानलिस्पोर, उमरानीएस्पोर र येनी मालत्यास्पोर गरी तुर्कास्लानले आफ्नो सम्पूर्ण करियर टर्की क्लबहरूमा बिताएका छन्। भग्नावशेषबाट जोगिएकी उनकी श्रीमती कुब्रा तुर्कासलान बाँचेकी छन्। भुकम्पमा परी हालसम्म सिरिया र टर्कीमा गरेर करिब ८ हजार व्यक्तिले ज्यान गुमाइसकेका छन्।