नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम १ अर्ब ४७ करोड

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२१६ दिन अगाडि
नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम १ अर्ब ४७ करोड

काठमाडौं - सोमबार सेयर बजारमा ४.५७ अंकको वृद्धि भएको छ ।

दिनभर उतारचढाव देखिएको बजार अन्तिम समयमा भने बढेको हो । ०.२२ प्रतिशतले वृद्धि भएको सेयर बजार २१००.६५ बिन्दुमा पुगेर बन्द भएको छ । सोमबार २५९ धितोपत्रको २९ हजार ८४६ वटा कारोबारबाट ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार आदर्श लघुवित्त वित्तीय संस्थाको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । यो कम्पनीको लगातार तेस्रो कारोबार मूल्य बढेको हो । माहुली लघुवित्तको ५.५१, युनिभर्सल पावर, सिभिल लघुवित्तको मूल्य धेरैले बढेको छ । सोमबार सबैभन्दा धेरै लक्ष्मी बैंक डिभेन्चरको मूल्य घट्यो । बाराही हाइड्रो, मिथिला लघुवित्तसहितका कम्पनीको मूल्य धेरै घट्नेमा रहेको छ । एनआईसी एसिया बैंक, युनिभर्सल पावर, नेपाल लाइफ इन्स्योरेन्ससहितका कम्पनीको धेरै कारोबार भएको छ ।