आज सुनको मूल्य कतिले बढ्यो ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२१६ दिन अगाडि
आज सुनको मूल्य कतिले बढ्यो ?

काठमाडौँ -  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु पाँच सयले बढेको छ । 

अघिल्लो दिन प्रतितोला रु एक लाख चार हजार एक सयमा कारोबार भएको उक्त सुनको मूल्य आज रु एक लाख चार हजार छ सय तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार एक सय छ । उक्त सुनको मूल्य अघिल्लो दिन रु एक लाख तीन हजार छ सय थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय २० कायम रहेको महासङ्घले जनाएको छ ।  महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।