पुरानो बानेश्वरमा बाबु-छोरी मृत फेला

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३०६ दिन अगाडि
पुरानो बानेश्वरमा बाबु-छोरी मृत फेला

काठमाडौं - काठमाडौंको पुरानो बानेश्वरमा दुई जना मृत अवस्थामा भेटिएका छन् ।

रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार शनिबार साँझ ६ बजे दुई जनाको शव भेटिएको हो । प्रहरीका अनुसार छोरीलाई छुरा प्रहार गरिएको हुनसक्ने देखिएका छ । बुबा किशोर झुण्डिएको अवस्थामा फेला परेका थिए । उनले छोरीको हत्यापछि आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।