करदाताको संख्या बढ्दा पनि, कर बढेन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२१७ दिन अगाडि
करदाताको संख्या बढ्दा पनि, कर बढेन

काठमाडौं - देशका हरेक ६ नागरिकमध्ये १ जनाले सरकारलाई कर तिर्ने गरेका छन् ।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार २०७९ पुस मसान्तसम्म ५१ लाख ८६ हजार ९७ जनाले स्थायी लेखा नम्बर ९प्यान० लिएका छन्। देशको जनसंख्या ३ करोड नाघिसक्दा करदाताको संख्या हरेक ६ जनामध्ये १ हो। देशका करिब १७ प्रतिशत नागरिकले कर बुझाउने गरी दर्ता भएका छन्।

अर्थ मन्त्रालयका अनुसार हालसम्म ३ लाख ३ हजार ८ सय ६७ वटा व्यवसाय मूल्य अभिवृद्धि कर ९भ्याट० मा दर्ता भएका छन्। यसैगरी अन्तःशुल्क तिर्ने गरी दर्ता भएका व्यवसायको संख्या १ लाख १८ हजार ८ सय ९१ छ। भ्याट र अन्तःशुल्क तिर्ने गरी दर्ता भएका व्यवसायको संख्या गत असार मसान्तसम्म २ लाख ९१ हजार ६ सय ३१ रहेकामा ६ महिनामात्र क्रमशः १२ हजार २ सय ३६ र ६ हजार ६ सय ६० थपिएका हुन्।

आन्तरिक राजस्व विभागका अनुसार चालू आवको दोस्रो त्रैमासमा १ लाख ४६ हजार ९ सय ४१ जनाले व्यक्तिगत प्यान लिएका छन्। यस्तै ३१ हजार ५ सय ८४ जनाले व्यावसायिक प्यान लिएको विभागले जानकारी दिएको छ।

नेपाल सरकारले चालू आर्थिक वर्षमा गत आवको भन्दा १९ प्रतिशत बढी राजस्व उठाउने लक्ष्य लिएको छ। तर, हालसम्मको तथ्य हेर्दा गत आवको माघ २० सम्मको तुलनामा चालू आवको माघ २० सम्म १६ दशमलव १ प्रतिशत कम राजस्व उठेको छ।