त्रिदेशीय एकदिवसीय सिरिजका लागि नामिबियाको टोलीकाे घोषणा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३०८ दिन अगाडि
त्रिदेशीय एकदिवसीय सिरिजका लागि नामिबियाको टोलीकाे घोषणा

काठमाडौं - काठमाडौंमा आगामी महिना आयोजना हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि नामिबियाको टोली घोषणा भएको छ ।

विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि ग्रेहार्ड इरास्मसको कप्तानीमा नामिबियाको १४ सदस्सीय टोलीको घोषणा भएको हो । नेपाल भ्रमणका क्रममा नामिबियाले आयोजक नेपाल र स्कटल्याण्डसँग समान २/२ एकदिवसीय खेल खेल्नेछ ।

आयोजक नेपालसँग फेब्रुअरी १४ मा पहिलो खेल खेल्ने नामिबियाले फेब्रुअरी १५ मा स्कटल्याण्डसँग खेल्नेछ । फेब्रुअरी १८ मा नेपालसँग खेल्ने नामिबियाले नेपाल भ्रमणको अन्तिम खेलमा फेब्रुअरी १८ मा स्कटल्याण्डसँग खेल्नेछ

सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।