को हुन अस्त्रेलियन ओपन जित्ने नोभाक जोकोभिच?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३११ दिन अगाडि
को हुन अस्त्रेलियन ओपन जित्ने नोभाक जोकोभिच?

नोभाक जोकोभिच - सर्बियाली (जन्म: बेओग्रद, २२ मे १९८७) एक सर्बियाली व्यावसायिक टेनिस खेलाडी हुन्।

उनले व्यावसायिक टेलिस सङ्घको सूचीको शीर्ष स्थानमा २८० हप्ता भन्दा बढी समय बिताउन सफल भएका छन्। धेरै टेनिस समालोचक, पूर्व खेलाडी र टोलीका साथीहरूले जोकोभिचलाई इतिहासको सर्वश्रेष्ठ टेनिस खेलाडी मध्ये एक मान्दछन्।

उनी सन् २००३ देखि व्यावसायिक रूपमा खेल्दै आएका छन्। अहिलेसम्म उनले आफ्नो कार्यकाल भरिमा १७ वटा प्रमुख उपाधिहरू जिति सकेका छन् जसमा आठ पटक अस्ट्रेलियन ओपन, पाँच पटक विम्बल्डन, तीन पटक युएस ओपन र एक पटक रोलाँ गार्रोस समावेश छ। सन् २०१६ मा, रोलाँ गार्रोस जित्दै उनी सन् १९६९ मा रड लाभेर पछि, लगातार चारैवटा प्रमुख प्रतियोगिता जित्ने पहिलो खेलाडी हुन् र तीन भिन्न सतहहरूमा उक्त सफलता हासिल गर्ने एक मात्र खेलाडी हुन्। जोकोभिच सर्बियाको डेभिस कप विजेता टोलीका पनि सदस्य हुन् जसले सन् २०२० को प्रतियोगिता हात पारेको थियो। जोकोभिच पहिलो सर्बियाली खेलाडी हुन् व्यावसायिक टेलिस सङ्घको शीर्ष स्थानमा पर्ने उनी पहिलो सर्बियाली खेलाडी हुन् भने सर्बियाको प्रतिनिधित्व गर्दै प्रमुख एकल उपाधि जित्ने उनी पहिलो पुरुष खेलाडी हुन्। उनले ६ पटक अन्तर्राष्ट्रिय टेनिस सङ्घको उपाधि जितेका छन् भने व्यावसायिक टेनिस सङ्घले उनलाई सर्वोत्कृष्ट खेलाडी घोषित गरेको थियो। धेरै पुरस्कारहरू जितेका छन्, जसमा वर्ष पुरुष खेलाडी अन्तर्गत लोरियस विश्व खेलकुद पुरस्कार (चार पटक) र सन् २०११ बिबिसीको विदेशी खेलकुद व्यक्तित्व पुरस्कार समावेश छन्।