१०औं अस्ट्रेलियन ओपनसँगै जोकोभिचले जिते २२औं ग्रान्डस्लाम

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३१२ दिन अगाडि
१०औं अस्ट्रेलियन ओपनसँगै जोकोभिचले जिते २२औं ग्रान्डस्लाम

मेलबर्नः नोभाक जोकोभिचले अस्ट्रेलियन ओपनको फाइनलमा स्टेफानो सित्सिपासलाई सोझो सेटमा पराजित गर्दै २२औं ग्रान्डस्लाम जितेका छन्।

आइतबार दिउँसो रोड लेभर एरेनामा भएको फाइनलको पहिलो सेट ६–३ ले जितेका जोकोभिचले बाँकी दुई सेट टाइब्रेकरसम्म कुर्नुपरेको थियो।

दोस्रो सेट ६–७ (४–७) ले जितेका जोकोभिचले अन्तिम सेटमा ६–७ (५–७) को नतिजामा जित्दै १०औं पटक अस्ट्रेलियन ओपन च्याम्पियन बनेका हुन्।

गत वर्ष अस्ट्रेलियन ओपन खेल्न अस्ट्रेलिया पुगेका जोकोभिचलाई कोभिड १९ विरुद्धको भ्याक्सिन नलगाएका कारण डिपोर्ट गरेर सर्बिया फर्काइदिएको थियो।

यद्यपि, यो वर्ष कोभिड १९ विरुद्धको भ्याक्सिन अनिवार्य नभएपछि खेल्ने मौका पाएका जोकोभिच च्याम्पियन बनेका हुन्।