काठमाडौं - नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा अनन्त राज थापा नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अनन्तलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ। आगामी भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्फाले अनन्तलाई महिला टिम हेर्ने जिम्मेवारी दिएको हो ।
यस्तै गंगा गुरुङ सहायक प्रशिक्षक नियुक्त भएका छन् । सुरज कुमार लामालाई गोलकिपर प्रशिक्षक नियुक्त गरिएको एन्फाले जनाएको छ । टिम म्यानेजरमा वृन्दा देवान नियुक्त भएकी छिन् । नेपाली महिला टोलीले भारतसँग उसैको मैदानमा खेल्नेछ । मैत्रीपूर्ण खेल फेब्रुअरी १३ देखि २५ को बिचमा हुनेछ ।