आर्मीलाई हराउँदै गण्डकी प्रदेश फाइनलमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३१५ दिन अगाडि
आर्मीलाई हराउँदै गण्डकी प्रदेश फाइनलमा

काठमाडौं - तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फबाट गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार पोखरा रंगशालाको कभर्ड हलमा भएको दोस्रो सेमिफाइनलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराएर गण्डकी उपाधि नजिक पुगेको हो । आर्मीकोविरुद्ध गण्डकीले २५-२३,२५-२३ र २५-१६ को सेटमा जित निकालेको हो ।  शनिबार गण्डकीले उपाधिका लागि विभागीय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिसलाई पराजित गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरिसकको छ । महिलातर्फ फाइनल पुग्ने टोलीको तय यस अघि नै भईसकेको छ । महिलातर्फ त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब उपाधिका लागि भिड्ने छन् ।

प्रतियोगिताको महिला र पुरुष दुवैतर्फको उपाधि विजेता टोलीले ५/५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै उपविजेता टोलीले समान २ लाख ५० हजार, तेश्रो हुनेले १ लाख २५ हजार र सान्त्वना पुरस्कार स्वरूप चौंथो हुनले ६५ हजार पाउने छन् ।

त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही २५ हजार नगद प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई पनि जनही १० हजार नगद र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।