'केपी ओली कप' आयोजना गर्दै राष्ट्रीय युवा संघ नेपाल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३१७ दिन अगाडि
'केपी ओली कप' आयोजना गर्दै राष्ट्रीय युवा संघ नेपाल

काठमाडौं -राष्ट्रीय युवा संघ नेपालको आयोजनामा  आगामी फागुन ११ गते देखि १७ गतेसम्म 'केपी ओली कप' फुटबल प्रतियोगिता हुने भएको छ।

राजधानि काठमाडौंमा आयोजना हुने सो प्रतियोगिता लाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले समेत अनुमति दिएको छ ।

युवा संघले सो प्रतियोगितामा ए डिभिजन क्लबका ८ वटा टिम सहभागी हुने जनाएको छ। प्रतियोगिताका विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिइने जनाइएको छ।

प्रतियोगिताका खेलहरू सातदोबाटो स्थित एन्फा कम्प्लेक्स, च्यासल मैदान र एपिएफको खेल मैदानमा हुनेछ ।

अहिले दशरथ रंगशाला ए डिभिजन लिगका लागि मर्मत गर्ने काम भइरहेकाले केपी ओली कपका सम्पुर्ण खेलहरु काठमाडौंमै भएका अन्य मैदानमा हुने बताइएको छ।  प्रतियोगिताको सम्पूर्ण आयोजना राष्ट्रीय युवा संघले गर्ने र  एन्फाद्वारा प्राबिधिक सहयोग र केही सामाग्री सहयोग गर्ने जनाइएको छ । युवा संघ द्वारा प्रतियोगिता बारे जानकारी गराउन भोलि पत्रकार सम्मेलनको आयोजना गरिएको छ।