भेट्रान फुटबल माघको पहिलो साता बाट सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३२ दिन अगाडि
भेट्रान फुटबल माघको पहिलो साता बाट सुरु

काठमाडौं - माघको पहिलो साता पोखरामा हुने बाह्रौं बगर भाइ खलक एट ए साइड अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । 

शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजक बगर भाइ खलकले  प्रतियोगिता माघ ३ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने जानकारी गराएको छ । 

हिमालयन ब्रुअरी प्रा.लि प्रतियोगिताको मुख्य प्रायोजकमा जोडिएको छ । 

प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागत तर्फको उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

महासचिव यामबहादुर गुरुङले सेमिफाइनल पुग्ने टिमलाई जनही २० हजार र सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिने बताएका छन् ।