जसपाका सरोजकुमार यादवले गरे मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेस

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३० दिन अगाडि
जसपाका सरोजकुमार यादवले गरे मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेस

जनकपुरधाम - जनता समाजवादी पार्टी (जसपा) का सरोजकुमार यादवले मधेस प्रदेशको मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका छन् ।

बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष ६३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहितको दाबी पेस गरिएको हो ।

 मुख्यमन्त्रीका लागि दाबी गर्न प्रदेश प्रमुख मिश्रले बिहीबार (भोलि) अपराह्न ४ बजेसम्म समय दिएका छन् । मधेस प्रदेशसभामा कुल १०७ सांसद छन् । बहुमतको सरकार बनाउन कम्तीमा ५४ सांसद आवश्यक पर्छ ।

निवर्तमान सभामुखसमेत रहेका यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एकरएक तथा स्वतन्त्र प्रदेश सभा सदस्यहरूसहित ६३ प्रदेश सांसदको समर्थन छ ।