राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३४ दिन अगाडि
राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

काठमाडौं  -  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई राष्ट्रिय जनमोर्चाले विश्वासको मत नदिने भएको छ।

मंगलबार  राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री प्रचण्डलाई आफूले विश्वासको मत नदिने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै केसीले सत्ताका लागि गठबन्धन फेरबदल भइरहेको बताएका थिए।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  विश्वासको मत लिने तयारी गरेका छन् । सत्ता साझेदार ७ दलसहित एकीकृत समाजवादी र लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने तयारी गरेका छन् भने नेपाली कांग्रेसले अहिलेसम्म निर्णय गरिसकेको छैन।