प्रचण्डलाई विश्वासको मत दिए महाभुल हुने नैनसिंहकाे भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३४ दिन अगाडि
प्रचण्डलाई विश्वासको मत दिए महाभुल हुने नैनसिंहकाे भनाइ

काठमाडौँ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई कांग्रेसले विश्वासको मत दिने निर्णय गरे महाभुल हुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताएका छन् ।

उनले अहिलेको अवस्थामा कुनै पनि हालतमा प्रचण्डलाई विश्वासको मत दिन नहुने बताए । 

'निर्वाचन अगाडि कांग्रेस केन्द्रीय समितिको बैठकमा गठबन्धन भुल हुन्छ भनेको थिएँ’, महरले सामाजिक सञ्जालमा भनेका छन्, ‘ आज फेरि भन्छु, सरकारलाई कांग्रेसले समर्थन गर्नु भनेको महाभुल हुनेछ ।’ 

उनले संसदीय व्यवस्थाभित्र रहेको पक्ष र प्रतिपक्षको संवैधानिक प्रावधानको समेत सम्मान गर्न निर्णय प्रक्रियामा संलग्न पार्टीका पदाधिकारी र सांसदलाई आग्रह गरेका छन् । बाँकी समीक्षा केन्द्रीय समितिको बैठकमा हुने उनको भनाइ छ ।